अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४७ | Colorodo: 00:02

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँट टुंगियो

बिआरटीनेपाल २०७९ चैत १६ गते ५:४६ मा प्रकाशित

सत्ता गठनबन्धनमा दलहरूले पाउने मन्त्रालयहरूको भागबन्डा टुंगिएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५ मन्त्रालय‚ एकीकृत समाजवादी पार्टीले २ मन्त्रालय पाउने भएको छ । गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने भएको छ भने माओवादीले गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो ।

त्यस्तै एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ । त्यस्तै नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीसमेत रहेको स्रोतले जनाएको छ । अन्तिम समयमा कुनै पनि दलले विवाद सिर्जना नगरे अहिलेसम्मको सहमतिअनुसार यिनै मन्त्रालयमा सहमति टुंगिएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू