अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२१ | Colorodo: 03:36

सत्ता गठबन्धनको बैठकः बिहीवार बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय

बिआरटीनेपाल २०७९ चैत १५ गते ७:१३ मा प्रकाशित

सत्ता गठबन्धनको बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । आज अपराह्न बालुवाटारमा बसेको गठबन्धन बैठकले मन्त्रालय भागबन्डामा लगभग सहमति गरेका छन् । तर कुन दलले कुन मन्त्रालय लिने अझै टुंगो लागिसकेको छैन ।

दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ। प्रधानमन्त्री प्रचण्डले फेरि एक पटक सत्ता गठबन्धनका दलका नेताहरूसँग कुराकानी गरेपछि बिहीबार नयाँ मन्त्रीहरूको शपथ हुने बताईएको छ ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसले ८ मन्त्रालय पाउनेबारे कुराकानी भएको छ। तर कुन–कुन मन्त्रालय भन्ने टुंगिएको छैन। यस्तै माओवादीले ५, जसपा र एकीकृत समाजवादीले २/२, अन्य दलले एक÷एक मन्त्रालय पाउने लगभग सहमति भएको स्रोतको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले गत चैत ६ गते प्रतिनिधि सभाबाट दोस्रो पटक विश्वासको मत लिनुुभएको थियो । नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दाहालले १६ मन्त्रालयको जिम्मेवारी लिँदै आउनुुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू