अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०३ | Colorodo: 05:18

बालुवाटारमा गठबन्धनको बैठक, मन्त्रालयको भागबन्डाबारे छलफल

बिआरटीनेपाल २०७९ चैत १४ गते ७:३७ मा प्रकाशित

सत्ता गठबन्धनमा रहेका १० दलको बैठक आज बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रालयको भागबन्डाबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेस गर्नुुभएको थियो । प्रधानमन्त्रीले पेस गरेको प्रस्तावमा गठबन्धन्धनका दलहरुबीच छलफल भएको बताईएको छ ।

प्रधानमन्त्रीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहे पनि गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले अहिले एक्लैले १६ मन्त्रालयको कार्यभार सम्हालिरहनुुभएको छ ।

बैठकमा गठबन्धनको प्रमुख दल कांग्रेसले ९ मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले ३÷३ मन्त्रालय आफूले पाउनुपर्ने दाबी गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टीले २ मन्त्रालय दाबी गरेको छन् । प्रधानमन्त्रीले सबै राजनीतिक दलका मन्त्रालयमा दाबी र न्यूनतम साझा कार्यक्रममा धारणा बुझेर बुधबार बिहान ९ बजे सत्तारुढ गठबन्धनको बैठक बोलाउने गरी मंगलबारको बैठक स्थगित भएको जनाईएको छ ।

यसबीचमा प्रधानमन्त्री प्रचण्डले दलहरुसँग छुट्टाछुट्टै छलफल समेत गर्नुुभएको थियो । आजको बैठकमा मन्त्रालय बाँडफाँडका विषयमा सहमति खोज्ने प्रयास गरिएको र बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी छ ।एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय कांग्रेस, एकीकृत समाजवादी, जसपा र लोसपा लगायतका दललाई दिएर सरकारमा समेट्ने गठबन्धनको तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू