अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३८ | Colorodo: 21:53

सत्ता गठबन्धनका चार दलका शीर्ष नेताको बैठक- मन्त्रीमण्डल विस्तारबारे छलफल केन्द्रित

बिआरटीनेपाल २०७९ चैत ८ गते ७:२० मा प्रकाशित

सत्तारूढ गठबन्धनमा रहेका ठूला चार दलका शीर्ष नेताहरूको बैठकमा मन्त्रीमण्डल विस्तारबारे छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूले मन्त्रीमण्डल विस्तारबारे अनौपचारिक छलफल गरेका थिए ।

यसअघि सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा जुटेका हुन्। बैठकमा अरू दलका नेताहरू पनि पछि सहभागी भएकोे-नभएकोबारे बारे केही खुलाइएको छैन। सत्तारूढ गठबन्धनमा अहिले १० दल सहभागी छन्। चैत ६ प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिन लागिएको छ।

अहिले माओवादी केन्द्र र जनमत पार्टी मात्र सरकारमा सहभागी भएका छन्। खाली रहेका १६ वटा मन्त्रालयमा कुन दलबाट कति जना मन्त्री बनाउने भन्ने विषय टुंगो लाग्न बाँकी छ। दोस्रो पटक विश्वासको मत पाएपछि प्रधानमन्त्री प्रचण्ड चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू