अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४० | Colorodo: 23:55

नेपालले आणविक कानून बनाउदा परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिनुपर्छः योगेश भट्टराई

बिआरटीनेपाल २०७९ चैत ७ गते ७:४४ मा प्रकाशित

प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो ।मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका मुख्य अंशहरुलाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेपाल कुनै पनि प्रकारको युद्धमा सहभागी नहुने र कुनै पनि युद्धलाई सहयोग समेत नगर्ने स्पष्ट पार्नुभयो । नेपाल दुई ठूला छिमेकी देशहरु चीन र भारको बीचमा रहेको भन्दै कानून बनाउदा ठूला देशकोबीचमा हुँदाको फाइदा र अप्ठ्याराहरुका बारेमा पनि विचार गर्नुपर्ने बताउनुभयो । भूराजनीतिक अवस्थालाई पनि हेर्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू