अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

नेपालमा सङ्घीयता नौलो कुरा होइन – जनमत पार्टी अध्यक्ष सीके राउत

बिआरटीनेपाल २०७९ चैत ६ गते ७:२१ मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको छ । आज प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै अध्यक्ष राउतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा सङ्घीयता नौलो कुरा नरहेको उल्लेख गर्नुभयो ।

नेपालमा बाइसे, चौबिसे राज्य भनेको सङ्घीयता नै रहेकोले पछिल्लो समय त्यसलाई नै पुनःस्थापित गर्न प्रधानमन्त्री प्रचण्डले महत्वपूूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । अध्यक्ष राउतले आफ्नो पार्टीले सरकारसँग राखेका मागहरू आउँदा दिनमा समेट्दै लैजानुपर्ने बताउनुभयो ।

राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट लोकतन्त्र, संघीयता र गणतन्त्रलाई रक्षा हुने आशा गर्दै विश्वासको मत दिएको बताउनुुभयो । तर वर्तमान सरकारले मधेसका एजेन्डा सम्बोधन गर्नुपर्ने र नागरिकता विध्यक पारित गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू