अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५६ | Colorodo: 23:11

स्ववियु चुनाव सम्पन्न, ६० प्रतिशत मतदान

बिआरटीनेपाल २०७९ चैत ५ गते ७:५३ मा प्रकाशित

स्ववियु चुनाव सम्पन्न भएको छ । चुुनावमा ६० प्रतिशत विद्यार्थीले मतदान गरेका छन्। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्रा. पशुपति अधिकारीले आज ६० प्रतिशत विद्यार्थीले स्ववियु चुनावमा मतदान गरेको जानकारी दिनुुभयो । आज बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानका लागि समय दिइएको थियो। त्रिविका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा आज स्ववियु चुनाव भएको थियो।

काठमाडौं उपत्यकाभित्रका ७ क्याम्पसमा आज चुनाव हुन सकेन । काठमाडौंको त्रिचन्द्र क्याम्पस, अमृत साइन्स क्याम्पस (अस्कल) प्रदर्शनीमार्गस्थित रत्नराज्य र विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र ललितपुरको पाटन क्याम्पसमा आज स्ववियु चुनाव नभएको हो।

पोखराका ४ र चितवनका ३ क्याम्पसमा पनि मतदान भएन । त्रिविअन्तर्गतका १ सय ६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको अधिकारीले जानकारी दिनुभयो । छिटपुट घटनाबाहेक शान्तिपूर्वक नै स्ववियु चुनाव सकिएको अधिकारीको भनाइ छ। स्ववियु चुनाव रोकिएका क्याम्पसहरूमा भने आपसी समझदारीमा चुनाव मिति तोकेर पछि चुनाव हुनेछ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू