अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०८ | Colorodo: 14:23

साहित्यकार सिटौलालाई अनेसास डायस्पोरा साहित्यरत्न

बिआरटीनेपाल २०७९ फागुन २७ गते १७:०१ मा प्रकाशित

बोस्टन, अमेरिका । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले साहित्यकार मोहन सिटौलालाई अनेसास डायस्पोरा साहित्यरत्न २०२३ पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । अनेसास डिसी मेट्रो च्याप्टरको संस्थापक अध्यक्ष र केन्द्रीय अध्यक्षसमेत रहेका सिटौलाको साहित्यिक योगदान र संस्थागत नेतृत्वको सम्मानस्वरूप पुरस्कार प्रदान गरिने भएको हो । नेपाली भाषा, साहित्य र संस्कृति जगेर्नाका लागि न्यूयोर्कमा स्थापित तारा-किशन फाउण्डेशनको प्रायोजनमा प्रदान गरिने उक्त पुरस्कारको रकम ५०१ डलर रहेको छ।

मार्च १०-१२ मा हुने बोस्टन सम्मेलनमा साहित्यकार सिटौलालाई पुरस्कृत गरिने छ । अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू