अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

५० अङ्कले बढेर शेयर बजार २ हजार विन्दुमा

बिआरटीनेपाल २०७९ फागुन २५ गते ७:०० मा प्रकाशित

शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज ५० दशमलव शून्य चार अङ्कले बढेर दुई हजार दुई दशमलव ७० विन्दुमा पुगेको छ ।आज सबै समूहको शेयर बढेकोमा माइक्रोफाइनान्स, बीमा, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

बजार बढेको दिन दुई सय ६२ वटा कम्पनीका ४५ लाख ६६ हजार कित्ता शेयर एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको शेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको शेयर साढे ९ प्रतिशतले बढेको छ । आज सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको शेयर साढे एक प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू