अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

घट्यो सुनको भाउ

बिआरटीनेपाल २०७९ फागुन २३ गते ६:२४ मा प्रकाशित

सुनचाँदीको भाउ अघिल्ले दिनको तुलनामा घटेको छ । छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ सय रुपैयाँले घटेको हो । छापावाल सुन अघिल्लो दिन प्रतितोला १ लाख २ हजार ८ सयमा कारोबार भएको थियो । मंगलबार प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँम बिक्री भइरहेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख २ हजार ३ सय रुपेयाँ थियो । आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १ हजार २ सय ६५ मा बिक्री भइहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू