अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०२ | Colorodo: 01:17

लगातार पाँच दिन घटेको सेयर बजार साढे १४ अंकले बढ्यो

बिआरटीनेपाल २०७९ फागुन २३ गते ६:११ मा प्रकाशित

लगातर पाँच दिन घटेको सेयर बजार परिसूचक मापक नेप्से १४.४१ अंकले बढेको छ ।साढे ३० अंकले घटेको नेप्से आज ०.७४ प्रतिशतले बढेर १९५२.६६ विन्दु पुगेको छ । आज २६१ कम्पनीको एक अर्ब २० करोड ४४ लाख ९ हजार ४११ रुपैयाँ बराबरको ४० लाख ५९ हजार १४९ कित्ता सेयर किनबेच भएको छ ।

आज सेन्सिटभ इनडेक्स ०.४२ प्रतिशले बढेर ३७०.२४ कायम भएको छ । आज १३ उपसमूहमध्ये ११ उपसमूहको समूहगत सुचक बढेको छ । यस दिन हाइड्रोपावर उपसमूहको सूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ ।

आज उत्पादन तथा प्रशोधन समूहको १.०६ प्रतिशत र म्युचअल फन्ड समूहको ०.२६ प्रतिशतले घटेको छ । आज शुभम् पावर लिमिटेडको सेयर मूल्यको सर्वाधिक १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेर बन्द भएको छ भने सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.१८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू