अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०४ | Colorodo: 04:19

शेयर बजार झन्डै ४ अङ्कले घट्यो

बिआरटीनेपाल २०७९ फागुन १६ गते ६:२७ मा प्रकाशित

शेयर बजार आज मङ्गलवार पनि घटेको छ । हिजो सोमवार साढे साढे ३ अङ्कले घटेको शेयर बजार आज झन्डै ४ अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से ३ दशमलव ८१ अङ्कले घटेर २ हजार १९ दशमलव ७३ विन्दुमा झरेको छ ।आज जलविद्युत्, लगानी, म्युचल फन्ड र व्यापारबाहेक अरू सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स र होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार घटेको दिन आज २ सय ६२ वटा कम्पनीको ३९ लाख ४६ हजार कित्ता शेयर १ अर्ब ३८ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै युनिभर्सल पावर कम्पनीको ७ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भयो । आज प्रिमियर इन्सुरेन्स कम्पनी र राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको शेयर सबैभन्दा धेरै झन्डै ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आँधीखोला लघुवित्त, आदर्श लघुवित्त र खप्तड लघुवित्तको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू