अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३० | Colorodo: 02:45

सरकारले सात महिनामा बाँड्यो साढे पाँच करोड सहायता

बिआरटीनेपाल २०७९ फागुन १५ गते ६:५१ मा प्रकाशित

सरकारले पछिल्लो सात महिनामा साढे पाँच करोड रुपैयाँ सहायता बाँडेको छ । अर्थ मन्त्रालयका अनुसार गत साउनदेखि माघ मसान्तसम्म व्यक्ति तथा संस्थालाई सरकारले पाँच करोड ४६ लाख ३३ हजार रुपैयाँ सहायता बाँडेको हो । साउनमा २४ लाख, भदौमा ८८ लाख ७२ हजार, असोजमा एक करोड ३० लाख ८४ हजार, कात्तिकमा ४४ लाख, मंसिरमा २५ लाख, पुसमा एक करोड ४१ लाख ७७ हजार र माघ महिनामा ९२ लाख रुपैयाँ सहायता सरकारले बाँडेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बढी असोज र पुसमा बाँडिएको छ । असोजनमा एक करोड ३० लाख ८४ हजार रुपैयाँ सहायता बाँडिएको छ भने पुसमा एक करोड ४१ लाख ७७ हजार रुपैयाँ सहायता बाँडिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू