अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

शेयर बजारमा सामान्य सुधार, नेप्से २ हजार २७ विन्दुमा पुग्यो

बिआरटीनेपाल २०७९ फागुन १४ गते ६:५२ मा प्रकाशित

शेयर बजारमा आज आइतवार सामान्य सुधार भएको छ । बिहान बजार खुलेको केही समयमा ५९ अङ्कभन्दा धेरैले घटेर १९ सय ६३ अङ्कमा झरेको शेयर बजार उतारचढावका बीच बन्द हुने बेलामा बढेको हो ।आज शेयर बजार परिसूचक नेप्से चार दशमलव ५५ अङ्कले बढेर दुई हजार २७ दशमलव १९ अङ्कमा पुगेको छ । आज लघुवित्त समूहको शेयर उच्च अङ्कले बढेको छ ।

सरकारले लघुवित्तको नियमनमा कडाइ गरेपछि गएको बुधवार र बिहीवार लघुवित्तको शेयर उच्च अङ्कले घटेको थियो । यस्तै आज होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर पनि उच्च अङ्कले बढेको छ । आज व्यापार, उत्पादन, बैंकिङ र जीवन बीमा समूहको शेयर भने दोहोरो अङ्कले घटेको छ ।

आज दुई सय ६२ वटा कम्पनीको ६५ लाख १५ हजार कित्ता शेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू