अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१५ | Colorodo: 01:30

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत- मन्त्री राई

बिआरटीनेपाल २०७९ फागुन १४ गते ६:५० मा प्रकाशित

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले ‘सहकारीहरू सक्किए, खत्तम भए’ भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताउनुुभएको छ ।आर्थिक मिडिया सञ्चालक संघ (इमान)ले आइतबार काठमाडौंमा आयोजना गरेको ‘सहकारीको संकट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा मन्त्री राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिनुुभयो ।

मन्त्री राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रूपमा गर्नुपर्ने पहलमा कुनै कमी नहुने विश्वास दिलाउनुुभयो । समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उहाँको भनाइ थियो । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले संकटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै बचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू