अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

पोखरामा रात्रीकालीन उडान हुने

बिआरटीनेपाल २०७९ फागुन ११ गते ६:२१ मा प्रकाशित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान र अवतरण हुने भएको छ । आजदेखि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स(आइएफआर) प्रणाली लागू भएपछि रातिको समयमा पनि उडान र अवतरण गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुुभयो । उहाँका अनुसार हाल विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) प्रणालीबाट दिनमा मात्र जहाजको उडान अवतरण हुँदै आएको छ ।

गौतमले विमानस्थल रात्रिकालिन उडानका लागि योग्य भएसँगै नीजि क्षेत्रका हवाई कम्पनीले रात्रिकालिन उडानको समेत तयारी थालेको जानकारी दिनुुभयो । गौतमले बेलाबेलामा पोखराको आकाशको सुरक्षाका विषयमा आएका विषयवस्तुहरु अफवाह मात्रै भएको दावी समेत गर्नुुभयो । पोखराको आकाश सुरक्षित रहेको उहाको भनाई थियो ।

पोखरामा आज आयोजित एक कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा सुरक्षित रहेको सुचना प्रवाह गर्न आग्रह गर्नुुभयो । पोखराको अर्थतन्त्रको विकासका लागि पनि पर्यटकहरुको आगमन बढाउन सबैले सहयोग गर्नुपर्ने उहाको भनाई थियो ।। पोखरा महानगरपालिकाका सल्लाहकार आनन्दराज मुल्मीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने रात्रिकालिन उडान र अवतरणको विषय स्वागतयोग्य भएको बताउनुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू