अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१८ | Colorodo: 10:33

घट्यो सुनचाँदीको मूल्य

बिआरटीनेपाल २०७९ फागुन ४ गते ६:३४ मा प्रकाशित

साताको पाँचौं दिन आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ६ सय रूपैयाँले घटेर एक लाख ३ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले घटेर १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू