अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी हो- घनश्याम भुसाल

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:०६ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी)का नेता घनश्याम भुसालले लोकतन्त्रमा देश बनाउने शक्ति नै पार्टी रहेको बताउनुभएको छ ।शुक्रबार विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले लोकतन्त्रमा देश बनाउने शक्ति भनेको नै पार्टी रहेको उल्लेख गर्नुभएको हो ।

उहाँले देश बनाउनका लागि पात्र चाहिने र त्यो पात्र भनेको लोकतन्त्रमा पार्टी मात्रै रहेको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र बनाउने र देश बनाउनका लागि विचार र विमर्शसहितको पार्टी आवश्यक भएको बताउनुभयो । उहाँले देशको अर्थतन्त्र उद्यम नगर्ने र रोजगारी सिर्जना नगर्ने पुँजीपतिकोमा गएसँगै त्यसले देशले प्रगतिको पथ लिन नसक्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू