अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४४ | Colorodo: 05:59

समावेशी र सहभागितामूलक लोकतन्त्र अबको वैकल्पिक राजनीतिः डा. भट्टराई

बिआरटीनेपाल २०७९ माघ २७ गते ६:०६ मा प्रकाशित

नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई मजबुत बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुुभएको छ । शुक्रबारबाट काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले अबको वैकल्पिक राजनीति कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथ अघि बढाउने र संस्थालाई मजबुत बनाउने रहेको बताउनुुभयो ।

उहाँले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र रहेको उल्लेख गर्नुुभएको छ । भट्टराईले अबको वैकल्पिक राजनीतिको एजेण्डा राज्यका प्रणालीहरुलाई बलियो बनाएर सुशासन कायम गर्नु रहेको ठहर गर्नुुभयो । उहाँले भन्नुुभयो, ‘अबको वैकल्पिक राजनीति भनेको सबैलाई फ्याँक्ने राजनीति होइन, संस्थालाई मजबुत बनाउने, सही अर्थमा पछिल्लो लोकतन्त्रको अभ्यास गर्ने, त्यो भनेको समावेशी र सहभागितामूलक लोकतन्त्र हो। त्यसलाई सही ढंगले प्रयोग गर्ने राज्यका जुन प्रणालीहरु छन्, यसलाई बलियो बनाएर यसको जगमा सुशासन ल्याउने हो।’

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू