अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

बेलायतका सहायक विदेश मन्त्री नेपालमा

बिआरटीनेपाल २०७९ माघ २४ गते ६:३४ मा प्रकाशित

बेलायतका संसदीय सहायक विदेश मन्त्री डा. एण्ड्रयु मुरिसन मंगलवार बेलुकी नेपाल आउनुुभएको छ । यो भ्रमणलाई सरकारले अनौपचारिक भ्रमणको रुपमा राखेता पनि उहाँले नेपालमा रहँदा महत्वपूर्ण भेटघाट गर्ने थाहा भएको छ । पोखरामा रहेको ब्रिटिश क्याम्पमा बेलायती सेनामा भर्ती हुने नेपाली क्याडेटहरूलाई अनुमोदन गर्ने समारोहमा भाग लिन आएका मुरिशनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्र मन्त्री बिमला राई पौडेल तथा रक्षा मन्त्री हरि प्रसाद उप्रेतीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

६१ वर्षीय बेलायतका कन्जरभेटिभ दलबाट संसदमा प्रतिनिधित्व गर्ने डा. मुरिशनले सहायक विदेश मन्त्रीको रुपमा रक्षा, पूर्व सुरक्षाकर्मी तथा पारिवारिक मामला हेर्नुुहुुन्छ । यसअघि पनि बेलायत सरकारमा विभिन्न पदहरूमा सेवा गरेका डा. मुुरिशन अन्तर्राष्ट्रिय सुरक्षा रणनीति मामलाका मन्त्री तथा नर्थन आयरल्याण्ड मामलाका राज्यमन्त्री रहिसक्नुुभएको छ । अर्का पूर्व विदेशमन्त्री लर्ड ल्याङ्क्यास्टर पनि डा. मुरिशनको भ्रमण दलमा सम्मिलित हुुनुुहुुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू