अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:३९ | Colorodo: 11:54

कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैनः नारायणमान बिजुक्छे

बिआरटीनेपाल २०७९ माघ २३ गते ७:०२ मा प्रकाशित

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गर्नुुभएको छ । प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने कांग्रेसले राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उहाको भनाई छ ।

रफ्त सञ्चार क्लबको १३ औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणापत्रभन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताउनुुभयो । सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टिसमेत व्यक्त गर्नुु भयो । अध्यक्ष बिजुक्छेले चुनावअघि र पछि पनि साझा घोषणापत्रअनुसार अघि बढ्न नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दाबी गर्नुुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू