अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

चितवनका किसानको माग तत्काल सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

बिआरटीनेपाल २०७९ माघ २१ गते ६:१५ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनका किसानको माग तत्काल सम्बोधन गर्न निर्देशन दिनुभएको छ ।उचित मूल्य नपाएको भन्दै चितवनका किसानले सडकमा तरकारी फालेको घटनाप्रति चासो राख्दै प्रधानमन्त्री प्रचण्डले शनिबार किसानका माग सम्बोधन गर्न कृषि तथा पशुपन्छी मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।

शुक्रबार चितवनका किसानले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेका थिए । यसको समाधानका लागि पहल गर्न प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहलाई निर्देशन दिनुभएको हो ।चिवतनमै रहनुभएकी मन्त्री साहलाई प्रधानमन्त्री प्रचण्डले सरोकारवाला किसानसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिनुभएको छ ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू