अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

”शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ”- प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०७९ माघ २० गते ६:३७ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षामा सुधार गरेर मात्र समृद्धि र सुशासनको जग बसाल्न सकिने बताउनुभएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ चनौटेमा रहेको जनवादी गणतन्त्र चीनको सहयोगमा रत्नराज्य माध्यमिक विद्यालयको नवनिर्मित भवनको समुद्घाटनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

विनाशकारी भूकम्पपछिको पुनःनिर्माणमा चीन सरकारले विद्यालयका साथै अन्य धेरै क्षेत्रमा सहयोग गरेको उहाँले स्मरण गर्नुभयो । चीन सरकारलेल भौतिक पूर्वाधार र शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको उहाँको भनाइ छ । नेपाली नागरिकको समृद्धि र सुशासनको आकाङ्क्षामा चीन सरकारको निरन्तर सहयोग रहने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीले देशको अर्थतन्त्रमा केही गम्भीर समस्या भएको भन्दै मन्त्रिपरिषद्को पहिलो बैठकबाटै अर्थतन्त्रमा सुधार गर्ने अठोट लिएको बताउनुभयो । निजी क्षेत्र र सरकारको सहकार्यमा अर्थतन्त्र उकास्ने अठोट उल्लेख गर्दै उहाँले पछिल्लो समय बैंक र व्यवसायीबीच सहकार्यको स्थिति सिर्जना भएको बताउनुुभयो । अर्थतन्त्रमा सुधार आउने आधार देखिएकोले अर्थतन्त्रले क्रमशः विकासको गति लिने प्रधानमन्त्रीले विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रतिनिधि सभामा आफूलाई ९९ प्रतिशतभन्दा बढी सांसदको विश्वासको मत प्राप्त भएको भन्दै यो ठूलो जिम्मेवारी र चुनौती भएको बताउनुभयो । शिक्षा क्षेत्रमा ठीक ढङ्गले लगानी गरेर मात्र विकास र समृद्धिको जग बसाल्न सकिने प्रधानमन्त्रीको भनाइ छ । उहाँले समतामूलक समाज निर्माणको आधार नै शिक्षा भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू