अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

कांग्रेसकै उम्मेदवार राष्ट्रपतिः नेता कोइराला

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:३१ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले अबको राष्ट्रपति नेपाली कांग्रेसकै उम्मेदवार बन्ने दावी गर्नुुभउको छ । उहाँले नेपाली कांग्रेसका उम्मेदवार जुन प्रधानमन्त्री तथा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले रुचाएका व्यक्ति हुने बताउनुुभयो । ‘राष्ट्रपतिको बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) सँग समेत कुरा भईरहेको छ,’ वरिष्ठ नेता कोइरालाले बुधबार वराहक्षेत्रको भरौलमा आयोजना भएको नोना कोईराला स्मृति भवनको सिलान्यास कार्यक्रममा भन्नुुभयो । उहाँले अहिले निर्वाचनको समीक्षा भन्दा पनि राष्ट्रपतिको निर्वाचनलाई प्राथमिकताका साथ राखिएको बताउनुुभयो ।

‘अहिले केन्द्रमा कुनै विवाद छैन,’ कोईरालाले कार्यकर्तालाई भन्नुुभयो, ‘तपाईंहरु जनताको सुखदुःखमा जोडिनुहोस्।’ नेपाली कांग्रेस जनताको शक्ति भएकाले जनताको माझ सधै जानु पर्ने नेता कोइरालाले बताउनुुभयो ।‘कांग्रेस सधैँ जनता र कार्यक्रतासँगै रहेकाले वर्तमान अवस्थामा तपाईंहरु (कार्यकर्ता) जनमुखी हुनु पर्छ,’ उहाँले भन्नुुभयो, ‘पार्टीमा युवा, महिलाको आकषर्ण गराउन लाग्नुहोस्।’ नेपाली कांग्रेस वराहक्षेत्र वडा नं ४ ले आयोजना गरेको कार्यक्रममा वरिष्ठ नेता कोईरालाले नोना स्मृति भवनको शिलान्यास समेत गर्नुुभएको थियो ।स्वर्गीय नानो कोइराला बरिस्ठ नेता शेखर कोइरालाकी आमा हुुनुुहुुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू