अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५७ | Colorodo: 07:12

नुन किन्दा सतर्क हुनुपर्ने

बिआरटीनेपाल २०७९ माघ १८ गते ६:२० मा प्रकाशित

बजारमा आएका विभिन्न प्रकारका नुनका कारण उपभोक्ता ठगीनुका साथै स्वास्थ्यमा पनि असर गरेको सरोकारवालाहरुले जनाएका छन् ।आयोडिन मन्थको अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चले आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले पिंक नुनको नाममा कम गुणस्तरको नुन बेच्ने गरेकोले उपभोक्तालाई सर्तक हुन आग्रह गरेका छन् । भारत तथा पाकिस्तानबाट आयात गरिएको नुन भन्दै बजारमा २ सय ५० देखि ३ सय रुपैयाँसम्म अनलाइनका माध्यमबाट नुन बेच्ने गरेको पाइएको र त्यसतर्फ अनुसन्धान भइरहेको राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल मर्हजनले जानकारी दिनुभएको छ ।

त्यस्तै, कार्यक्रममा आयोडिनको कमीका कारण मानिसमा विभिन्न किसिमका रोगहरु देखिने हुँदा आयोडिन युक्त नुनको मात्र प्रयोग गर्न सरोकारहरुले सुझाव दिएका छन् ।नेपालमा फेब्रुअरी महिनालाई आयोडिन मन्थको रुपमा मनाउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू