अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३५
| Colorodo: 20:50
सरकारले राष्ट्रिय योजना आयोगकाे सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । सुशील ज्ञवाली, अञ्जान शाक्य र कुशेन्द्र महतलाई योजना आयोगको सदस्यमा सरकारले नियुक्त गरेको हाे ।
सरकारकी प्रवक्ता रेखा शर्माले आज बसेकाे मन्त्रिपरिषद बैठकले उहाँहरुलाई योजना आयोगको सदस्य नियुक्त गरेको जानकारी दिनुभयाे । यसअघि सरकारले योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।