अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३१ | Colorodo: 01:46

मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाइने

बिआरटीनेपाल २०७९ माघ १५ गते ६:०० मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताउनुुभएको छ । । आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुुभएको हो । प्रधानमन्त्री प्रचण्डले मौलिक अधिकारलाई जीवन, व्यवहारमा उतार्नको लागि ऐन, निर्माण प्रक्रियालाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धत व्यक्त गर्नुभयो ।

उहाँले सातै प्रदेशमा विशेष अस्पतालहरुको निर्माण गरेर मुटु रोगसँग सम्बन्धित उपचारलाई पनि सातै प्रदेशका अस्पतालसँग जोड्ने कुरालाई उच्च प्राथमिकतामा राखेको बताउनुुभयो । प्रधानमन्त्रीले गंगालाल अस्पतालालई शैक्षिक केन्द्रको रुपमा विकास गर्न आफ्नो सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशमा धेरै समस्याको समाधान गर्नुपर्ने चुनौति रहेको बताउनुुभयो । केही घटनाक्रमले समाज राज्यप्रति वितृष्णा पैदा हुन संकेत देखिएको उहाको भनाई थियो । कर्मचारी तन्त्रलाई व्यवस्थित गर्ने कुरामा पनि सरकारले जोड दिने प्रधानमन्त्रीले बताउनुभयो ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू