अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

‘मधेससँग लभ परेका प्रचण्डले अर्कैसँग लगनगाँठो गाँसे’-जसपा सांसद राजकिशोर यादव

बिआरटीनेपाल २०७९ माघ ७ गते ५:२० मा प्रकाशित

जनता समाजवादी पार्टी (जसपा)का सांसद राजकिशोर यादवले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा परिवर्तन आएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा उहाँले प्रचण्डको पुष्पकमल दाहालमा रुपान्तरण भएको शंका लागेको बताउनुभयो ।पहिलो पटक प्रचण्ड प्रधानमन्त्री हुँदा देशका तमाम शोषित पीडित जनता, झुपडीमा बस्ने जनताले विश्वासका साथ अब गरिब जनताले पनि अधिकार र सम्मान पाउने आशा गरेको उहाँको तर्क छ ।

यादवले प्रधानमन्त्री प्रचण्डलाई शंकाको लाभ दिएको भन्दै प्रचण्डको रुपमा गरेका प्रतिबद्धतालाई नबिर्सिन आग्रह गर्नुभयो । यादवले प्रचण्ड २०७० को निर्वाचनमा काठमाडौंबाट पराजित भए पनि सिरहाबाट विजयी भएको स्मरण गराउनुभयो ।

सो समयमा प्रचण्डले मधेससँग लभ परेको छ भनेको सम्झदै उहाँले मधेसका जनताले विश्वासका साथ मधेसलाई लभ गर्न थालेको सम्झे पनि मधेससँग लभ परेका प्रचण्डले अर्कैसँग लगनगाँठो गाँसेको तर्क गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू