अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१२ | Colorodo: 23:27

जलवायु परिवर्तनका लागि ठूला तेल कम्पनीहरू जिम्मेवार : राष्ट्रसंघको महासचिव

बिआरटीनेपाल २०७९ माघ ५ गते ४:०५ मा प्रकाशित

संयुक्त राष्ट्रसंघको महासचिव एन्टोनियो गुटेरसले केही ठूला तेल कम्पनीहरूले जानी जानी विश्वलाई ध्वस्त बनाएको आरोप लगाउनुभएको छ । स्वीजरल्याण्डको डाभोसमा आयोजित विश्व आर्थिक मञ्चको बैठकलाई सम्बोधन गर्दै गुटेरसले सन् १०७० तिर नै वैज्ञानिकहरूले दिएको चेतावनीको बेवास्ता गर्दै ठूला तेल कम्पनीहरुले पृथ्वीलाई पाक्ने अवस्थामा पुर्‍याएको आरोप लगाउनुभयो ।

ठूला तेल कम्पनीहरूलाई उनीहरूको कामले एक दिन विश्वलाई तहस नहस बनाउने छ भन्ने थाहा भएको तर नाफाका लागि आँखा चिम्लिएको आरोप पनि उहाँले लगाउनुभयो ।

उतिबेलै वैज्ञानिकहरूले आजको प्रक्षेपण गरेका रहेछन् भन्दै उहाँले यहि अवस्था बढ्दै गए पृथ्वीका थुप्रै स्थान मानिस बस्न अयोग्य हुने ठोकुवा गर्नुभयो । ‘जलवायु परिवर्तन लगायतका समस्याले अहिले विश्व दयनीय अवस्थामा पुगेको भन्दै गुटेरसले पृथ्वीको तापक्रम बढेर २ दशमलव ८ डिग्री सेल्सियस पुग्नु भनेको पृथ्वी धुवाँले भरिनु हो’ उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू