अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०० | Colorodo: 06:15

पूर्वपोप बेनेडिक्ट सोह्रौंको श्रद्धाञ्जलीमा हजारौंको मानिस भेला

बिआरटीनेपाल २०७९ पुष १९ गते ४:३६ मा प्रकाशित

क्याथोलिक क्रिश्चियन धर्मावलम्वीहरूका सर्वोच्च गुरु पूर्वपोप बेनेडिक्ट सोह्रौंप्रति श्रद्धाञ्जली दिन भ्याटिकनको सेन्टपिटर बासिलिकामा हजारौं मानिस भेला भएका छन् ।आगामी बिहिबार सोह्रौंकोे अन्तिम दाह संस्कार गर्नुअघि १०औं हजार मानिसले श्रद्धाञ्जली दिने अपेक्षा गरिएको छ । स्वर्गीय सोह्रौंलाई खुला कास्केटमा राखिएको हाे । सोह्रौंलाई पादरीहरुले रातो पहिरन र पादरीहरूको मुकुट लगाइदिएका छन् । सोह्रौंको गत शनिबार सोह्रौं भ्याटिकनस्थित आफ्नै निवासमा ९५ वर्षको उमेरमा निधन भएको थियो ।

सन् २०१३ मा अस्वस्थताका कारण पोपको पद त्यागेका सोह्रौंले सन् २००५ को अप्रिलदेखि फेब्रुअरी २०१३ सम्म क्याथोलिक चर्चको नेतृत्व गरेका थिए । सन् १४१५ मा ग्रेगरी बाह्रौंपछि आफ्नो पदबाट राजीनामा गर्ने सोह्रौं पहिलो पोप थिए । पोपको रुपमा रहँदा उनले आम मानिसको प्रिय पात्रको रुपमा परिचित भएका थिए । सोह्रौंकाे अन्त्येष्टी समारोहमा विश्वका विभिन्न चर्चका पादरीहरु तथा नेताहरु सहभागी हुने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू