अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३७ | Colorodo: 06:52

युगान्डामा नयाँ वर्ष मनाउने क्रममा भागदाैड हुँदा ९ जनाको ज्यान गयाे

बिआरटीनेपाल २०७९ पुष १७ गते ६:४० मा प्रकाशित

युगान्डाको राजधानी कम्पालामा नयाँ वर्षको अवसरमा आयोजित कार्यक्रममा भागदौड हुँदा कम्तीमा ९ जनाको ज्यान गएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।प्रहरीका अनुसार नयाँ वर्षमा राजधानी कम्पालाको एक शपिङ मलमा आयोजित सङ्गीत कार्यक्रममा सहभागी भएका कैयौँ किशोरी भागदौडमा घाइते भएका थिए । यो घटना मध्यरातमा भएको थियो । कार्यक्रमका उद्घोषकले उपस्थित व्यक्तिलाई आतिशबाजी गर्न प्रोत्साहित गरेपछि भागदौड भएको थियो ।

प्रदर्शन सकिएपछि भागदौड भएको ५ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अन्य थुप्रै घाइते भएका थिए । अन्य केहीको उपचारका क्रममा ज्यान गएको थियो । कोभिड–१९ को दुई वर्षे प्रतिबन्धपछि विश्वका अन्य देशमा जस्तै युगान्डामा पनि नयाँ वर्षको उत्सव मनाउने क्रममा यो घटना भएको प्रहरीले विज्ञप्तिमा भनेको छ । यसबारेमा अनुसन्धन गरिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू