अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५९ | Colorodo: 06:14

उत्तर कोरियाले गर्‍यो जापानको समुद्री क्षेत्रमा मिसाइल प्रहार

बिआरटीनेपाल २०७९ पुष १६ गते ५:१६ मा प्रकाशित

उत्तर कोरियाले जापानको समुद्री क्षेत्रमा छोटो दूरीका ३ वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । जापानको रक्षा मन्त्रालयले पहिलो ब्यालेस्टिक मिसाइल स्थानीय समयानुसार शनिबार बिहान ८ बजे, दोस्रो ८ बजेर १४ मिनेटमा र तेस्रो त्यसको एक मिनेटपछि प्रहार भएको जनाएको हाे । ३ वटै मिसाइल राजधानी प्योङयाङको उपनगरबाट प्रहार गरिएको बीबीसीले उल्लेख गरेको छ ।

साेही मिसाइल १ सय किलोमिटरको उचाइबाट ३ सय ५० किलोमिटरसम्म उडेको अनुमान गरिएको छ । मन्त्रालय र समाचार संस्थाका अनुसार यि मिसाइलहरू जापानको समुद्री क्षेत्रकाे विशेष आर्थिक क्षेत्र भन्दा बाहिर खसेका छन् । अमेरिकाले पछिल्लो मिसाइल प्रक्षेपणले अमेरिका वा उसका सहयोगीहरुलाई तत्काल कुनै खतरा भने नपर्ने जनाएको छ ।

यता दक्षिण कोरियाको सेनाले यसै हप्ता उत्तर कोरिया उनीहरुको आपासी सीमामा उडेका ५ वटा ड्रोन खसाल्न असफल भएकोमा माफी मागेको छ । यसै महिनाको सुरुमा अमेरिका र यसका एशियाली सहयोगीहरुले सिसाइल प्रक्षेपणको विषयलाई लिएर ३ जना उत्तर कोरियाले अधिकारीहरुमाथि प्रतिबन्ध लगाएका थिए । दक्षिण कोरियामा राष्ट्रपति युन सुक योलको कन्जरभेटिभ पार्टीले सत्ता सम्हालेसँगै पछिल्लो मे महिनायता उत्तरसँगको सम्बन्ध चिसिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू