अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

स्पेनमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु, २ घाइते

बिआरटीनेपाल २०७९ पुष १२ गते ५:३८ मा प्रकाशित

स्पेनमा एउटा बस पुलबाट खसेर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।स्पेनको लुगोबाट भिगो जाँदै गरेको बस करिब ३० मिटर उचाइबाट खसेर दुर्घटना भएको हो । तीव्र गतिका कारण बस बगिरहेको खोलामा खसेपछि चालकसहित दुई जना घाइते भएका छन् ।

खराब मौसमका कारण बस दुर्घटनामा परेको हुन सक्ने अधिकारीहरूले बताएका छन् । दुर्घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे स्पेनकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू