अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

अमेरिकामा हिमआँधीका कारण कम्तीमा २३ जनाको मृत्यु

बिआरटीनेपाल २०७९ पुष ११ गते ३:२८ मा प्रकाशित

अमेरिकामा हिमआँधीमा परेर कम्तीमा २३ जनाको मृत्यु भएको छ । एनबिसीका अनुसार ओक्लाहोमा, केन्टकी, मिजौरी, टेनेसी, विस्कन्सिन, कान्सास, नेब्रास्का, ओहायो, न्यूयोर्क, कोलोराडो र मिशिगन राज्यमा २३ जनाको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ओहायो राज्यको स्यान्डुस्की नजिकै ओहायो टर्नपाइकमा ४६ सवारी साधन एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको थियो । ओहायोका गभर्नर माइक डेवाइनले उक्त घटनालाई सडकमा भएका यो साताका भयानक दुर्घटना भनेका छन् । उनले द्रुत गतिमा सवारी साधन नचलाउन र विशेष सावधानी अपनाउन चालकहरूसँग आग्रह गरेका छन् ।

क्रिसमसको पूर्वसन्ध्यामा भएको व्यापक हिमपात र आँधीका कारण लाखौँ घर अन्धकार भएका छन् । अमेरिकाभित्र र बाहिर जाने तीन हजार तीन सयभन्दा बढी हवाई उडान शनिबार रद्द भएका थिए भने करिब सात हजार पाँच सय उडानमा विलम्ब भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू