अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

अमेरिका-क्यानाडा हिमपात: ३८ जनाकाे मृत्यु, एकै दिन साढे ५ करोड मानिस प्रभावित

बिआरटीनेपाल २०७९ पुष ११ गते ३:२१ मा प्रकाशित

अमेरिका र क्यानडामा चिसो आँधीसहितकोका कारण मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ । हिमपातका कारण आइतबार मात्रै ५ करोड ५० लाख मानिस प्रभावित भएका हुन् । चिसो आँधीले सबै भन्दा बढी प्रभावित भएको न्युयोर्कको बफेलो शहरमा मात्रै ७ जनाको मृत्यु भएको छ । क्यानाडादेखि टेक्ससको दक्षिणी भागसम्म फैलिएको हिमपातले हजारौं घरहरू पुरिएका छन् ।

हजारौं उडानहरु प्रभावित हुँदा लाखौं यात्रु अलपत्र परेका छन् । न्युयोर्कको गर्भनर क्याथी होचुलले न्युयोर्ककै इतिहासमा यस्तो विनाशकरी हिमपात पहिलो भएको बताउनुभएको छ । बिजुली आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । र्टिक उपमहादीपबाट आएको चिसो आँधीले अमेरिकाको केही भागमा तापक्रम माइनस ४५ डिग्री सेल्सियसमा झरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू