अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१८ | Colorodo: 20:33

सिन्जियाङ सुनखानीभित्र १८ श्रमिक फसे, २२ जनाको उद्धार

बिआरटीनेपाल २०७९ पुष १० गते ५:३२ मा प्रकाशित

चीनको उत्तरपश्चिमी सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रमा रहेको सुनखानी भत्किँदा १८ जना मजदुर खानीभित्र फसेको क्षेत्रीय आपतकालीन व्यवस्थापन विभागले  जनाएको छ ।खानीमा इली काजाक स्वायत्त क्षेत्रअन्तर्गत यिनिङ काउन्टीमा दिउँसो १ः४० बजे दुर्घटना हुँदा ४० श्रमिकले खानीभित्र काम गरिरहेका भएपनि २२ जनालाई सकुशल बाहिर निकालिएको छ ।

खानीमा काम गर्ने अन्य व्यक्तिलाई उद्धारका लागि आवश्यक पहल थालिसकिएको स्थानीय अधिकारीले जनाएका छन् । प्रशासनले खानी दुर्घटनामा सावधानी नअपनाइएको भन्ने फसेका कामदारको आरोपबारे आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू