अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४३ | Colorodo: 12:58

अफगानिस्तानमा महिलालाई गैरसरकारी संस्थामा काम गर्न बन्देज

बिआरटीनेपाल २०७९ पुष १० गते ५:२५ मा प्रकाशित

अफगानिस्तानमा महिलाहरुमाथि एकपछि अर्को प्रतिबन्ध लगाउँदै आएको तालिवान सरकारले महिलाहरुलाई गैरसरकारी संस्थाहरुमा समेत काम गर्न बन्देज लगाएको छ । तालिवान सरकारको याे कदमकाे संयुक्त राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् । महिलाहरुको मौलिक अधिकारको उलंघन गरेको भन्दै राष्ट्र संघ र अमेरिकाले निन्दा गरेका हुन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले तालीवानको निर्णयले लाखौं अफगानी महिलाको जीवन बचाउन गरिने सहायतामा ठेस पुगेको प्रतिक्रिया दिदै तालिवानी कदम अफगान जनताका लागि विनाशकारी हुने बताउनुभएको छ ।

यस अघि तालिवान सरकारले अफगानी महिलाहरुलाई विश्वविद्यालयको पठनपाठनमा प्रतिबन्ध लगाएको थियो । महिलाहरुले विश्वविद्यालयमा पढ्न पाउनु पर्ने भन्दै देशभर प्रदर्शन पनि गरेका छन् । तर सरकारले भने नयाँ नयाँ प्रतिबन्धहरु थोपर्दै लगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू