अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३१ | Colorodo: 21:46

फ्रान्समा गोलीकाण्ड विरूद्ध कुर्दिश समुदायले गरे विरोध प्रदर्शन

बिआरटीनेपाल २०७९ पुष १० गते ५:२३ मा प्रकाशित

फ्रान्समा गत शुक्रबार भएको गोलीकाण्डमा ३ कुर्दिश नागरिकको मृत्यु भएपछी फ्रान्सभरी कुर्दिश समुदायले विरोध प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गर्दा दर्जनौं प्रदर्शनकारी घाइते भएका हुन् । राजधानी पेरिसमा भेला भएका प्रदर्शनकारीहरुले सरकार विरुद्ध नारा लगाउनुका साथै ठाउँठाउँमा टायर बालेर सडक अवरुद्ध गरेपछि त्यहाँको जनजीवन अस्तब्यस्त बनेको हाे ।

शुक्रबार पेरिस नजिक एक कुर्दिश क्याफेमा अन्धाधुन्ध गोली प्रहार गर्दा ३ कुर्दिश नागरिकको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए । गोलीकाण्डका ६९ वर्षीय अभियुक्त यसअघि पनि विभिन्न आपाराधिक गतिविधिमा संलग्न भएको खुलासा भएको फ्रान्स सरकारले जनाएको छ । गृहमन्त्री जेराल्ड डर्मेनिनले ति संदिग्ध कुनै आतंकवादी समूहमा आवद्ध नभएको तर कुर्दिश समुदायप्रति क्रुद्द रहेको अनुसन्धानबाट खुलेको जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू