अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१८ | Colorodo: 22:33

अमेरिका र क्यानडामा चिसोका कारण १९ जनाको मृत्यु, २५ करोड मानिस प्रभावित

बिआरटीनेपाल २०७९ पुष १० गते ०:३९ मा प्रकाशित

अमेरिका र क्यानडामा चिसो आँधीसहितको हिमपातका कारण अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। अमेरिका र क्यानडामा करिब २५ करोड मानिस चिसाको चपेटामा परेका हुन् । क्रिसमसको बेला उर्जा आपूर्ति बन्द हुँदा १५ लाख मानिस अन्धकारमा बस्न बाध्य भएका छन् । हजाराैं उडानहरु रद्द हुँदा मानिसहरु क्रिसमस मनाउन घर जानबाट बञ्चित भएका छन् ।

आर्टिक उपमहादीपबाट आएको चिसो आँधी टेक्ससदेखि कुबेकसम्म ३२ किलोमिटरको दूरीसम्म पुगेको छ । अमेरिकाका मिनेसोटा, आयोवा, विन्कोन्सिन, मिचिगन, बफेलो र न्युयोर्क लगायतका राज्यहरुमा जताततै सेताम्य अवस्था रहेको र शून्य भिजिविलिटी रहेको जनाइएको छ । त्यस्तै ब्रिटिस कोलम्वियादेखि न्युफाउण्डल्याण्डसम्म चिसोकाे कहर रहको छ ।

ति क्षेत्रहरुमा तापक्रम ४५ डिग्री सेल्सियससम्म झरेको छ । साउथ ड्याकोटामा रैथाने मानिसहरुले तातोका लागि लुगा बालेको जनाइएको छ । चिसोसँगै तटीय राज्यहरुमा समुद्री आँधी पनि उत्पन्न भइरहेको छ । न्युइङ्ल्याण्ड, न्युयोर्क, न्युजर्सीमा आँधीको प्रभाव देखिएको हो । तुलनात्मक रुपमा गर्मी र घाम लाग्ने राज्यहरु लुजियाना, फ्लोरिडा, एलाबामा र जर्जियामा समेत कठ्याङ्ग्रिने चिसो रहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू