अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५७ | Colorodo: 06:12

चीनमा अस्पतालहरु कोरोना संक्रमितले भरिभराउ, आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको डब्लुएचओको भनाइ’

बिआरटीनेपाल २०७९ पुष ७ गते ५:२० मा प्रकाशित

चीनमा कोरोना संक्रमणको गति बढ्दै जाँदा त्यहाँका अस्पतालहरु बिरामीले भरिभराउ हुन थालेका छन् । चिनियाँ अधिकारीहरुले संक्रमितको संख्या तुलनात्मक रुपमा तलै रहेको दाबी गरिरहँदा विश्व स्वास्थ्य संगठनले चीनका अस्पतालहरु बिरामीले भरिन थालेको र आइसीयुमा बिरामी राख्न पालो पर्खनु पर्ने अवस्था रहेको जनाएको छ ।

डब्ल्युएचओका आकस्मिक शाखाका प्रमुख डा. माइल रायनले अस्पतालहरु भरिने क्रम बढेको सूचना आईरहेकाले यथार्थ विवरण उपलब्ध गराउन चिनियाँ अधिकारीहरुलाई आग्रह गर्नुभएको छ ।हप्तौंदेखि चिनियाँ अधिकारीहरुलाई भाइरस संक्रमणको सही सूचना दिन भन्दै आएको जानकारी दिंदै उहाँले डब्ल्युएचओ आवश्यक प्रबन्धका लागि तयार रहेको बताउनुभयो ।

जेनेभामा बोल्दै डा. रायनले खोप नै एक मात्र बच्ने उपाय भए पनि एकीकृत रणनीति बिना यो भाइरसलाई जित्न सकिंदैन भन्नुभयो । चीनमा कोरोनाको ओमिक्रोन भेरियन्ट फैलिएको विश्वास गरिएको छ ।

चिनियाँ अधिकारीहरुले भने संक्रमण बढे पनि मृत्यु दर कम रहेको दाबी गर्दै आएका छन् । यसैबीच, चीनमा बस्ने प्रवासीलाई पहिलो पटक जर्मन खोप लगाइने भएको छ । चिनियाँ अधिकारीहरुले २० हजार प्रवासीहरुलाई जर्मन खोप लगाउने अनुमति दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू