अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०५ | Colorodo: 06:20

श्रीलङ्काले १० वस्तुको आयात प्रतिबन्ध हटायो

बिआरटीनेपाल २०७९ पुष ६ गते ४:१८ मा प्रकाशित

श्रीलङ्काले १० वस्तुमा लगाएको आयात प्रतिबन्धलाई हटाएको छ । पछिल्लो निर्णयअनुसार इनर्जी ड्रिंक्स, फर्निचर उत्पादनमा प्रयोग हुने एमडीएफ बोर्ड, सीसीटीभी क्यामेरा तथा खेलकुदका सामाग्रीसहित १० वस्तुको आयात प्रतिबन्ध हटाएको अर्थ राज्यमन्त्री रञ्जित सियाम्बलापिटियाले जानकारी दिनुभएको छ ।

अर्थतन्त्र केही सुधार उन्मुख भएको हुँदा प्रतिबन्ध हटाएको उहाँको भनाई छ । साथै खेलकुद तथा युवा मामिला मन्त्रालयको अनुरोधका आधारमा खेलकुदका सामग्रीमा लगाइएको प्रतिबन्ध पनि हटाउने निर्णय गरिएको श्रीलङ्काको अर्थ राज्यमन्त्री सियाम्बलापिटियाले जानकारी दिनुभयो ।

श्रीलङ्का सरकारले अर्थतन्त्र नाजुक भएपछि गएको अगस्टमा १ हजार ४ सय ६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो निर्णयसँगै अहिलेसम्म ७ सय ९५ वस्तुमा लगाइएको प्रतिबन्ध हटेको छ ।  आर्थिक अवस्थालाई ध्यानमा राखेर अन्य वस्तुमाथिको प्रतिबन्ध कहिले हटाउने भन्ने निर्णय हुने श्रीलङ्का सरकारलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू