अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

पेरुमा एक महिने संकटकाल घोषणा

बिआरटीनेपाल २०७९ मंसिर २९ गते ४:२१ मा प्रकाशित

दक्षिण अमेरिकी मुलुक पेरुमा देशव्यापी संकटकाल लागू गरिएको छ । महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरू भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो ।

सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कर्फ्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ ।सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशव्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको पनि त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशव्यापी प्रदर्शन भड्किएको थियो । बामपन्थी राष्ट्रपति क्यास्तिोलाका समर्थकहरुले ताजा जनादेशका लागि चुनाव र आफ्ना नेता क्यास्तिलोको रिहाइएको माग गर्दै सडक कब्जा गर्दै आएका थिए । गत साता पेरुको संसदको ठूलो बहुमतले क्यास्तिलो विरुद्धको महाअभियोग पारित गर्दै उहाँलाई पदबाट हटाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू