अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३४ | Colorodo: 06:49

जाम्बियामा २७ वटा बेवारिेसे शव फेला

बिआरटीनेपाल २०७९ मंसिर २६ गते ३:५७ मा प्रकाशित

 अफ्रिकी मुलुक जाम्बियामा २७ वटा बेवारिसे शव फेला परेका छन् । राजधानी लुसाकादेखि उत्तरमा पर्ने ग्वेरेर्रे क्षेत्रको सडक छेउ २७ वटा शव अलपत्र फालिएको अवस्थामा फेला परेका हुन् । ती लास इथियोपियाबाट आएका आप्रवासीको हुन सक्ने र उनीहरुको ट्रान्जिटमा निस्सासिएर मृत्यु भएको हुनु सक्ने प्रहरीको अनुमान छ ।

शपसँगै एक जना भने श्वास फेर्न सक्ने अवस्थामा भेटिएपछि उनलाई तत्काल स्थानीय अस्पतालमा लगिएको छ । दक्षिण अफ्रिकातर्फ जाने अधिकांश आप्रवासीका लागि जाम्बिया ट्रान्जिट प्वाइन्ट बन्ने गरेको छ । फेला परेका शवहरु २० देखि ३८ वर्ष उमेर समूहका रहेका छन् । उनीहरूका साथ भेटिएका कागजातबाट तिनीहरू इथियोपियाली नागरिक हुनुपर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू