अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१६ | Colorodo: 15:31

सुन प्रतिताेला एक लाख नाघ्याे

बिआरटीनेपाल २०७९ मंसिर २३ गते ६:०५ मा प्रकाशित

नेपाली सुनचाँदी बजारमा आज छापावाल  सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला छ सयले बढेर एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला  ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९९ हजार दुई थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला ३० ले बढेर एक हजार तीन सय ९० पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू