अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५१ | Colorodo: 07:06

”माओवादीसँग एकता हुने प्रचार निराधार हो”: एकीकृत समाजवादी

बिआरटीनेपाल २०७९ मंसिर १६ गते ४:४३ मा प्रकाशित

नेकपा(एकीकृत समाजवादी) ले पछिल्लाे केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेकाे प्रति गम्भीर ध्यानाकर्षण भएकाे जनाएकाे छ ।

एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालद्वारा हस्ताक्षिरित प्रेस विज्ञप्तिमा भनिएकाे छ, ‘एकीकृत समाजवादी र माओवादी केन्द्र बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएकाे र स्पष्ट पार्न चाहन्छाै कि याे प्रचार पूर्णत: निराधार हाे, यसमा कुनै सत्यता छैन।’

‘नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौं। यो प्रचार पूर्णत: निराधार हो । यसमा कुनै सत्यता छैन । हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ,’ भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू