अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१५ | Colorodo: 13:30

भारतमा २ सय निलगाई र बँदेललाई गोली हानेर मारिंदै

बिआरटीनेपाल २०७९ मंसिर १ गते ४:४६ मा प्रकाशित

भारतको बिहार राज्य अन्तर्गत दरभंगा विमानस्थल आसपासमा रहेका करिब २ सय निलगाई र बँदेलहरूलाई गोली हानेर मारिने भएको छ । निलगाई र बँदेलहरू बारम्बार विमानस्थलमा प्रवेश गरी आवतजावत गर्दा विमानस्थलमा दुर्घटनाको उच्च जोखिम रहेको छ ।

निलगाई र बँदेलहरुलाई बेहोस बनाएर अन्यत्र लैजाने प्रयास असफल भएपछि गोली हानीर मार्ने निर्णय त्यहाँका अधिकारीहरूले गरेका हुन । दरभंगा जिल्ला वन कार्यालयले विमानस्थल आसपासका निलगाई र बँदेल मार्ने निर्णय गरेको हो ।

साेही विषयमा विश्व वन्यजन्तु कोषलाई पनि जानकारी गराइएको वन कार्यालयका प्रमुख सुधीरकुमार गुप्ताले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू