अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२७ | Colorodo: 09:42

केभिन म्याकार्थी अमेरिकी सभामुख चयन

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ३:५३ मा प्रकाशित

अमेरिकी तल्लो सदन प्रतिनिधिसभाको सभामुखमा रिपब्लिकन पार्टीले केभिन म्याकार्थीको नाम प्रस्ताव गरेको छ । यसअघि प्रतिनिधिसभामा विपक्षी दलको नेता रहनु भएका म्याकार्थीलाई रिपब्लिकनले तल्लो सदनमा बहुमत ल्याउने निश्चित भएसँगै सभामुखमा प्रस्ताव गरिएको हो । सभामुखमा निर्वाचित हुन तल्लो सदनका कम्तीमा २ सय १८ जना सांसदको समर्थन चाहिन्छ ।

यही नोभेम्बर ८ सम्पन्न संसदीय निर्वाचनमा विपक्षी रिपब्लिकन पार्टीले तल्लो सदनमा बहुमत ल्याउने करीब निश्चित देखिएको छ । नौ सिटको नजिता आउन बाँकी रहँदा रिपब्लिकनले २ सय १७ सिट जितिसकेको छ ।

माथिल्लो सदन सिनेटमा भने डेमोक्रयाट्सको एक सिटको बहुमत रहेने भएको छ । एक सय सिट भएको सिनेटमा डेमोक्रयाट्सले ५० सिट ल्याएको छ भने रिपब्लिकनले ४९ सिट ल्याएका छन् । जर्जियामा एक सिटका लागि भने निर्वाचन हुन बाँकी छ । माथिल्लो सदनमा दुवै दलको बराबर सिट भएमा उपराष्ट्रपतिलाई मतदानको अधिकार रहेने ब्यबस्था छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू