अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२८ | Colorodo: 10:43

ट्रम्पद्वारा २०२४ का लागि राष्ट्रपति उम्मेदवारी घोषणा

बिआरटीनेपाल २०७९ कार्तिक ३० गते ३:५२ मा प्रकाशित

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । फ्लोरिडास्थित आफ्नो निवासमा मार ए लागो अगाडि भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले अमेरिकालाई पुनः बैभवशाली बनाउनका लागि पुनः उम्मेदवार बन्ने घोषणा गर्दछु भन्नुभयो ।

यो मेरो मात्रै अभियान होइन, हाम्रो अभियान हो भन्दै उहाँले आफ्नो अभियानले अमेरिकालाई पुनः एकीकृत गर्ने दाबी पनि गर्नुभयो । संसदीय निर्वाचनमा आफ्नो पक्षका थुप्रै उम्मेदवारहरु पराजित भएको र रिपब्लिकन सिनेटमा पनि बहुमत पुर्याउन असफल भएको बेला ट्रम्पले २०२४ को उम्मेदवारी घोषणा गर्नुभएको हो ।

ट्रम्पले उम्मेदवारी घोषणा गरे पनि रिपब्लिकन पार्टीको प्राइमेरीबाट उहाँको नाम अनुमोदन हुनुपर्ने छ । फ्लोरिडाबाट निर्वाचित सिनेटर रोन डिस्यान्टीलाई पनि रिपब्लिकनको संभावित राष्ट्रपतिय उम्मेदवारको रुपमा हेर्ने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू