अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४० | Colorodo: 11:55

२ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने तयारीमा नेपाल राष्ट्र बैंक

बिआरटीनेपाल २०७९ कार्तिक २४ गते ६:२४ मा प्रकाशित

पाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० मा साढ २ खर्ब रुपैयाँ बराबरको ऋण उठाउने भएको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को वार्षिक आन्तरिक ऋण निष्काशन तालिका सार्वजनिक गर्दै थप २ खर्ब ५६ अर्ब आन्तरिक ऋण उठाउने जनाएको हो।राष्ट्र बैंकले दोश्रो त्रैमासमा ३० अर्ब, तेश्रो त्रैमासमा ८८ अर्ब र चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब गरी कूल २ खर्ब ५६ अर्ब रूपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको हो ।

राष्ट्र बैंकले ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको माध्यमबाट उक्त रकम बराबरको आन्तरिक ऋण निष्कासन गर्नेछ । कुल रकममध्ये ७५ अर्बको ट्रेजरी बिल, ६० अर्बको विकास ऋणपत्र र ३ अर्बको बचतपत्र निष्कासन गरिने राष्ट्र बैंकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।

प्रतिक्रिया