अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२८ | Colorodo: 03:43

३९ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा भने सुधार

बिआरटीनेपाल २०७९ कार्तिक २३ गते ५:३८ मा प्रकाशित

शेयर बजार आज बुधवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयरबजार परिसूचक नेप्से आज ३९ दशमलव १५ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २२ विन्दुमा झरेको छ । सबै समूहको शेयर घटेको दिन आज विकास बैंक, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकममा भने सुधार आएको छ ।

आज दुई सय २३ वटा कम्पनीकाे ३६ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ७३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्तको ६ करोड ७८ लाख र शिवम् सिमेन्टको ६ करोड रुपैयाँको शेयर किनबेच भयो ।

आज एक्सेल विकास बैंकको शेयर आठ प्रतिशत तथा गुराँस लघुवित्त, उपकार लघुवित्त, प्रोगेसिभ फाइनान्स र सप्तकोशी विकास बैंकको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि अपर हेवाखोला जलविद्युत् कम्पनीको शेयर साढे सात प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया